www.tandavnews.com
Fact ~ In search of truth

फेवाताल संरक्षणका लागि ‘३४ करोडको सिल्टेसन ड्याम’ बन्ने, मुख्यमन्त्रीले गरे शिलान्यास

सुशान्त गाहा मगर
पोखरा/ताण्डव न्यूज ।

फेवाताल जलाधार संरक्षण क्षेत्रका लागि पोखरा महानगरपालिका वडा नं. २३/२४ मा निर्माण हुने सिल्टेसन ड्यामको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सँयुक्त रुपमा आज (बुधबार) बेतयानी खोलामा सो ड्यामको शिलान्यास गरे ।

Batas

शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले उक्त ड्याम निर्माण पश्चात फेवातालको संरक्षमा टेवा पुग्ने धारणा राखे ।  उनले पोखरा र फेवाताल परिपुरक रहेको बताउदै पर्यटकिय गतिबिधि मौलाउनमा फेवातारको शौन्दर्यताको भुमिका बिशेष रहने भएकोले संरक्षणमा ध्यान दिनपर्ने बताए ।

उनले फेवातालसँगै पोखरामा रहेको अन्य सातै तालको संरक्षण र शौदर्यताका लागि पहल गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले उक्त ड्यामले दुई फाईदा पुग्ने बताउदै ताल संरक्षण र आन्तरिक आम्दानी हुने उल्लेख गरे । उनले फेवातालको सिमांकनको विषमा पनि आगामी २÷३ महिनामै टुंगिने धारणा व्यक्त गरेका थिए ।

त्यस्तै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा (१७/१७) करिब ३४ करोड ४९ लाख लागतमा ५ वटा सिल्टेसन ड्याम निर्माण हुने बताए ।

उनका अनुसार पोखरा महानगरपालिका वडा २३/२४ स्थित बेतयानी खोलामा दुई (लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५), घाँटीछिनामा एक (लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१), लौरुकमा एक (लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८) र अधेरी कुनामा एक (लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ ) गरि पाँच वटा ड्याम १५ महिनामा तयार गरिनेछ ।

मेयर जिसीले उक्त ड्याम निर्माण अबको १५ महिनामा निर्माण कम्पनीले सम्पन्न गर्ने गरी सम्झौता भएको बताए । मेयर जिसीले उक्त ड्याम निर्माणका लागि श्री गीता÷जय नेपाल ईश्वर जेभी र खड्का कृष्ण पिके जेभीसँग सम्झौता भएको बताए । मेयर जिसीका अनुसार बेतयानीका दुई ड््याम श्री गीता÷जय नेपाल ईश्वर जेभीले निर्माण गर्नेछ भने अन्य ३ स्थानमा खड्का कृष्ण पिके जेभीले निर्माणको जिम्मा पाएको छ ।

मेयर जिसीले ताल संरक्षको लागि ग्रेगर (गिट्टी बालुवा) को व्यवस्थापनको लािग निर्माण गरिएको बताउदै आम्दानीको स्रोत समेत बन्ने धारणा राखे । उनले विज्ञ टोलीको अनुसन्धानबाट उक्त ५ वटा ड्यामबाट संकलित ग्रेगर बेचेर वर्षमा करिब २३ करोड आम्दानी गर्न सकिने समेत बताए । उनले भने, ‘विज्ञहरुका अनुसार एउटा ड्याममा एक हप्तामा १ सय ५० हजार घनमिटर ग्रेगर जम्मा हुन्छ । र हप्ता हप्तामै ग्रेगर निकालिन्छ ।’

त्यस्तै शिलान्यास कार्यक्रममा बोल्दै श्री गीता/जय नेपाल ईश्वर जेभीका निर्माण व्यवसायी खिम प्रकाश मल्लले तोकिएकै मितीमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.