www.tandavnews.com
Fact ~ In search of truth

११औँ हेमजा आलु महोत्सव २६ देखि

पोखरा ।
११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका-२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।

कोभिड-१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ ।

व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि-पर्यटनको ‘हब’ का रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् ।

Batas

किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बीउविजन, कृषियन्त्र, उपकरण आदिको प्रदर्शनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुति, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ । कृषिका ३० वटा व्यावसायिक ‘स्टल’ रहनेछन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.