www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश १ :फौजी किराले नष्ट गर्यो २७ सय हेक्टरको मकै,कृषक चिन्तित

विराटनगर । पछिल्लो समय फौजी किराले कृषकलाई सताउने गरेको छ ।

अमेरिकी फौजी किराको प्रकोपले बाली नाश गर्न थालेपछि देशका अधिकांश क्षेत्रका कृषक चिन्तित बन्न थालेका छन् । फौजी किराले प्रदेश १ मा कृषकले दुईहजार सातसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैबाली सखाप बनाइदिएको छ । किराले प्रदेशका १० हजार ६७८ परिवारले दुई हजार ७१० हेक्टरमा लगाएको मकैबाली सखाप पारेको जनाइएको छ ।

गत जेठ २२ गते तेह्रथुमको म्याङ्लुङ नगरपालिका र धनकुटाको पाख्रीबास नगरपालिकामा पहिलो पटक देखिएको फौजी किराको प्रकोप आठ जिल्लाका ३६ स्थानीय तहमा फैलिएको प्रदेश १ को कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

भदौ अन्तिमसातासम्म देखिएको फौजी किराले पाँचथरमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । पाँचथरपछि ओखलढुंगा, भोजपुर, खोटाङ, धनकुटा, तेह्रथुम, उदयपुर र झापाका कृषक बढी प्रभावित छन् । कृषी बिकास निर्देशनालयको अनुसार ओखलढुंगामा दुई हजार १८० कृषकले पाँचसय हेक्टरमा लगाएको मकै किराले नष्ट पारेको छ ।

त्यस्तै, उदयपुरमा १२९ कृषकले २२ हेक्टरमा लगाएको मकैबाली सखाप पारेको छ भने भोजपुरका ८०५ कृषकले २८९ हेक्टर र पाँचथरमा छ हजार ६३२ कृषकले एक हजार ३४५ हेक्टरमा लगाएको मकै किराले नष्ट गरेको छ ।

खोटाङमा ६६० कृषकले २२२ हेक्टर, धनकुटामा १८१ हेक्टर, तेह्रथुममा एकसय ४८ र झापामा ३ हेक्टर क्षेत्रमा लगाएको मकै बाली फौजी किराले सखाप बनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.