www.tandavnews.com
Fact ~ In search of truth

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको निधन

काठमाडौं।

पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । सिंहको हिजो (बिहीबार) साँझ निधन भएको हो ।काठमाडौं, महाराजगन्ज निवासी सिंहको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्व. सिंहको आज शुक्रबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालयसमेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो ।

त्यसअघि, सिंहको पार्थिव शरीरमा उनका आफन्तसहित निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलगायतका प्रहरी अधिकारीहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।बझाङको पिपलकोट, बुंगलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका सिंहका दुई छोरा र दुई छोरी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.