www.tandavnews.com
Fact ~ In search of truth

तिहारको टिकाको दिन पोखरामा ५ जुवाडे पक्राउ

पोखरा ।

तिहारको टिकाकै दिन पोखरामा ५ जना जुवाडे पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरस्थित रत्नमान गौचनको घरभाडामा लिई जनप्रिय थकाली भान्सा घर सञ्चालन गर्ने प्रकाश शेरचनले अवैध जुवातास खेलाएको भन्ने विशेष सुचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तास खेल्ने पाँच र हेर्ने दुई गरि ७ जनालाई ३२ हजार चार सय तिस रुपैयाँ र १ बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै टिकाको अघिल्लो दिन प्रस्याङबाट ४ जना पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट ३९ हजार दुई सय र १ बुक तास बरामद गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.