www.tandavnews.com
Fact ~ In search of truth

तिहारपछि पहिलोपटक मन्त्रीपरिषद् बैठक बस्दैँ

काठमाडौं ।

तिहारपछि पहिलोपटक आज मन्त्रीपरिषद् बैठक बस्दैँ छ ।

तिहारपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिहरूलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीका साथै सरकारको कामलाई प्रभावकारी गराउनेलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री ओली आज (आइतबार) तेस्रोपटक डायलासिस गराउन ग्रान्डी अस्पताल जाने भएका छन्।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मिर्गौला डायलासिसका लागि ओली ग्रान्डी अस्पताल जाने तयारी भइरहेको छ।

यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डीमा दुई पटक डायलासिस गराइसकेका छन्।नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम गर्न नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका छन्।

ग्रान्डीमा गरिएका स्वास्थ्य जाँचका केही रिपोर्ट आउन बाँकी रहेको र ती आइसकेपछि डाक्टरले फाइनल गर्ने जनाइएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.