www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा पेस्तोल र गोलीसहित तीन पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले युएस मेड लेखेको पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिको अन्य परिचय भने खुल्न बाँकी रहेको थापाले बताए । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.