www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसका गणेशमानको शालिकमा माल्यार्पण गरेर विद्याको घरदैलो सुरु

पोखरा ।
मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्कीका उमेद्वारहरु प्रचारप्रसारमा होमिएका छन् । कास्की २ मा हुने प्रनिनिधी सभा सदस्यको लागि हुने निर्वाचनकी एक चर्चित पात्र हुन विद्या भट्टराई । उनै विद्याले सोमबार कांग्रेसका नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेकी छन् । सोमबार विहान पोखरा ४ गणेशटोलमा रहेको गणेशमानको शालिकमा भट्टराईले माल्यार्पण गरेकी हुन् ।
यस अघि कांग्रेसका उमेद्वार खेमराज पौडेले आइतबार नै गणेशमानको शालिकमा माल्यार्पण गरेर आफ्नो चुनाबी अभियान सुरु गरेका थिए । त्यस क्षेत्रको घरदैलोमा रहेकी विद्याले जनताको स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अघि सारेका देश समृद्धपार्ने योजना र सपनाहरु पुरा गर्न चुनाबमा होमिएको बताइन । विद्या स्वर्गिय पर्यटन मन्त्री रबिन्द्र अधिकारीकी धर्मपत्नी हुन ।
तस्बिर स्रोत धुर्व पोखरेल ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.