www.tandavnews.com
Fact ~ In search of truth

मेगा बैंकले पायो ‘आईएसओ प्रमाणपत्र’

काठमाडौं।

मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।

‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएको मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो। अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस) ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार प्रमाणपत्र प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।

Batas

सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो।

तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ।मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिंक केन्द्रहरु छन्।

बैंकको आफ्नै विप्रेषण प्रविधि ‘मेगा रेमिट’ को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा सहकार्यको संख्या २१ पुगेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.