www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन भाञ्‍जा-भाञ्‍जी तयार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन भाञ्जा भाञ्जी तयार भएको जनाइएको छ । १२ वर्षअघि पहिलोपटक प्रत्यारोपण गरेको मिर्गाैलाले राम्ररी काम गर्न छोडेपछि दोस्रोपटक प्रत्यारोपणको तयारी भएको छ ।

दोस्रो पटक प्रत्यारोपण गर्न तयार प्रधानमन्त्री ओलीलाई नेपालमा रहेकी एकजना भाञ्‍जी नाता पर्ने महिला र अमेरिकामा रहेका भाञ्‍जा नाता पर्ने पुरुषले मिर्गौला दिने भएका हुन्।

Batas

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएसँगै दाताको खोजी थालिएको थियो। प्रधामन्त्रीले आफ्नै नातेदारबाट मिर्गौला लिन चाहेका थिए। उनको इच्छा अनुसार नातेदारमध्येकै दुईजना मिर्गौला दिन तयार भएका हुन्।

सर्‍यो एपेन्डिटाइटिसका कारण पेटमा संक्रमणले अपरेसन गर्नुपरेपछि ओलीको मिर्गौलाको प्रत्यारोपण पर धकेलिएको छ। मिर्गौलाले काम गर्न छाडेपछि एक महिनायता ग्राण्डी अस्पताल र मनमोहनमा पाँच पटक डायलाइसिस गरि सकिएको छ।

तर एपेन्डिटाइटिसका कारण पेटमा भएको संक्रमण निको हुन अझै १० दिन लाग्न सक्ने चिकित्सकहरुले बताएका छन्। ओलीकी निजी चिकित्सक डा. दिव्या सिंहले पेटको संक्रमण निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक साता आईसियुमै रहनुपर्ने बताएकी छिन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.