www.tandavnews.com
Fact ~ In search of truth

विद्याले खसालिन् भोट

पोखरा,
ताण्डव न्यूज ।

 

कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन् । उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि मत खसालेकी हुन ।

गत वर्षको फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ को उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ ।

Batas

त्यस्तै साझा पार्टीकी रजनी केसीले विहान सवा सात बजे पोखरा ४ गैरापाटनमा रहेको नविन मावि मतदान केन्द्र पुगेर मतदान गरेकी हुन् ।

यता समाजवादीका उम्मेदवार धर्मराज गुरुङले बेलुकी पख मात्र मतदान गर्ने जनाएका छन् । उनले पोखरा १६ स्थित शान्ती मावि केन्द्रबाट मतदान गर्नेछन ।

 

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.