www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वडा २ की ५८ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आज बिहान एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २ की ५८ वर्षीय महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

कोरोनाबाट संक्रमित उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा आज पौष १६ गते बिहान ७ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको हो । उनमा हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १सय ९२ पुगेको छ ।भने कास्कीमा मात्रै हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.