www.tandavnews.com
Fact ~ In search of truth

खोटाङमा नेकपा र कपिलवस्तुमा राजपा विजयी

खोटाङ ।

साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएका छन् । तत्कालीन वडाध्यक्षको मुत्यु भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएका हुन्।

मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यले जानकारी दिए । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो ।

Batas

कपिलवस्तु : शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्रले जीत हासिल गरेका हुन् । निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी विजयी हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देव भारतीले ४६५ मत ल्याएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.