www.tandavnews.com
Fact ~ In search of truth

सागः स्वर्ण थप्दै नेपाल,पुरुष कातामा पनि स्वर्ण

काठमाडौं ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण पदक थपिरहेको छ । प्रतियोगिताको करातेतर्फ पुरुष टिम कातामा पनि नेपालले स्वर्ण पदक जितेको छ।

सातदोबाटोमा भएको फाइनलमा श्रीलंकालाई पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो। नेपाली पुरुष टिम कातामा मन्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविन मानन्धरले २५.५४ अंक प्राप्त गर्दा श्रीलंकाका खेलाडीले २५.२८ अंक ल्याएका छन्।

यसअघि नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपालले २५.१४ अंक बनाउँदा बंगलादेशले २४.८८ अंक बनाएका थिए।योसँगै नेपालले करातेमा ३ स्वर्ण जितेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.