www.tandavnews.com
Fact ~ In search of truth

सागः साइक्लिङमा नेपाललाई दुई स्वर्ण,हालसम्म नेपालको स्वर्ण २७

काठमाडौं।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।

गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते।

Batas

राजेशले निर्धारित दूरी १ मिनेट ४९।३३ सेकेण्डमा पूरा गरे। नेपालकै निरभ श्रेष्ठले १ मिनेट ५०।८० सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जिते। नेपालकै परिचित थापाले १ मिनेट ५१।६६ सेकेण्डमा पूरा गर्दै कास्य जित्न सफल भए। त्यस्तै, भारतीय खेलाडी स्पेन्सर गोमेज चौथो भए।

त्यस्तै, महिलातर्फ निश्मा श्रेष्ठले २ मिनेट २२.४५ सेकेण्डमा पूरी पार गर्दै स्वर्ण जितिन्। नेपालकै जमुना थापाले २ मिनेट ४१.५५ सेकेण्ड सहित रजत जितिन्। भारतकी यसोधरा मधुकरले ३ मिनेट ३७.२३ मा पूरी पूरा गर्दै रजत जितिन्।

योसँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.