www.tandavnews.com
Fact ~ In search of truth

साग पुरुष क्रिकेटः भूटानमाथि नेपालको जित

काठमाडौं ।

राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो । नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको भूटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । भूटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए ।

Batas

त्यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भूटानलाई सस्तैमा समेट्ने क्रममा नेपालका पारस खड्काले २ विकेट लिए भने करन केसी, ललित राजवंशी र पवन सर्राफले समान १÷१ विकेट झारे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक १०७ रनको योगदान दिए । ५५ बल खेल्दै उनले ५ चौका र ९ छक्कासहित १०७ रनको योगदान दिएका हुन् ।

त्यस्तै पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४५ रन बनाए । पारसले २८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडे भने दीपेन्द्रले २७ बलमा ४ चौका र २ छक्कासहित ४५ रनमा अविजित रहे ।

त्यस्तै रोहितकुमार पौडेलले ६ तथा आरिफ शेख ४ रनमा अविजित रहे । भूटानका कर्मा दोर्जीले दुई तथा तोब्डेन सिङ्गेले एक विकेट झारे । यसअघि भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । अब नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.