www.tandavnews.com
Fact ~ In search of truth

भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गर्दै प्रदेश सरकार

हेटौँडा ।

प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिएका छन् । प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताए ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली, २०७६ स्वीकृत गराइसकेको जानकारी दिए ।

Batas

उनले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘फलो अप डेस्क’ निर्माण भइरहेको, सोही कार्यालयमा ‘स्मार्ट कक्ष’ र ‘डिजिटल डिस्प्ले’ जडान गरिएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन चरणमा रहेको, कार्य सम्पादनका लागि आवश्यक ऐनहरुको निर्माण गरेको बताए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीले आर्थिक वर्ष २०७६÷७७ को प्रथम चार महिनामा मात्र अख्तियारमा १५ हजार १६० वटा उजुरी परेको जानकारी दिए ।

उनका अनुसार उजुरी परेकामध्ये पाँच हजार ७४४ वटा उजुरीको फछ्र्यौट गरिएको छ भने १३८ वटा उजुरीको छानबिनका क्रममा त्रुटि देखिएकाले मुद्दा दर्ता गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.