www.tandavnews.com
Fact ~ In search of truth

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु

काठमाडौं ।

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को संघारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मंगलबार उडान भर्ने छ । ‘हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ’, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन् ।

Lama collectio News Middle

सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो ।

हालै युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।

निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, सांघाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop