www.tandavnews.com
Fact ~ In search of truth

सडक महोत्सव प्रचारप्रसारको टोली चितवन

चितवन ।

पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन पुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ ।

रेवानद्वारा आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो । यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ ।

Batas

यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो । महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको सो महोत्सवमा ८५ लाख बराबरको आम्दानी हुने जनाइएको छ ।

महोत्सवको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालको लोपोन्मुख सांस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजमा प्रदर्शन गरिने, सडकमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार रहेका छन् ।

यस्तै हस्तकला प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक खेलकूदका कार्यक्रम, साहसिक पर्यटन खेलकूद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शनीलगायतका रहेको उनले जानकारी दिए ।

सो महोत्सवमा चितवन, काठमाडौँ, वीरगञ्ज, भैरहवा, जनकपुर, लुम्बिनीलगायतका जिल्लाबाट र छिमेकी देश भारतको लखनउ, गोरखपुरबाट पर्यटक आउने विश्वास गरिएको छ ।

सडकमा नै विभिन्न प्रकारका दुई हजारभन्दा बढी कक्ष रहने सो महोत्सवमा खानाको परिकारसँगै रमाउन सकिने छ । पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीसँगै मिलेर लागेको रेवान पोखरा महोत्सव प्रवद्र्धन समितिका संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पोखराको पर्यटन प्रर्वद्धनसँगै ती पर्यटकलाई चितवन ल्याउनका लागि सहकार्य भइरहेको बताए । पोखरामा हुने यस महोत्सवमा चितवनको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराइने उनले जानकारी दिए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.