www.tandavnews.com
Fact ~ In search of truth

पीपीएल : छक्का गएको बलले लाग्दा पत्रकार जिसी घाईते

सुशान्त गाहा मगर,
ताण्डव न्यूज/पोखरा ।

पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा समाचार संकलनका लागि मिडिया बक्समा रहेका खेलकुद पत्रकारलाई बलले लाग्दा घाईते भएका छन् ।

पोखरा रंगशालामा आज (सोमबार) बिहान धनगढी ब्लुज र विराटनगर टाईटन्स विच भएको खेलमा ६ रनका लागि बाउण्ड्री बाहिर (छक्का) गएको बलले निधारमा लाग्दा हाम्रो खेलकुद डटकमका संवाददाता भुपेन्द्र जिसी घाईते भएका हुन् । उनी उक्त खेलको समाचार संकलनको लागि ल्यापटपमा ब्यस्त थिए ।

Batas

घाईते उनको निधारमा चोट लागेको छ । जिसी गण्डकी मेडिकल कलेजमा सामान्य उपचार पश्चात फेरी समाचार संकलनका लागि पोखरा रंगशाला फर्केका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.