www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश ५ :राजधानी र नामकरण सर्वसम्मत बनाउने

बुटवल ।

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् । बुटवलमा आज आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए ।

मन्त्री चौधरीले भने ‘राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ । ’प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.