www.tandavnews.com
Fact ~ In search of truth

जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय यहि होःनेता कोइराला

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्नुपर्ने समय आएको बताएका छन् । सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको विषयलाई इंगित गर्दै कोइरालाले जनताले प्रश्न गर्नुपर्ने समय आएको र पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताएका छन्।

नेता कोइरालाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौंस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ।राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ।’

Batas

‘यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.