www.tandavnews.com
Fact ~ In search of truth

विप्लवका कार्यकर्ताद्धारा दैलेखका अध्यक्ष दम्पतीको अपहरण

दैलेख ।

दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताए । गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गरे ।

यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उनकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिको स्थानीयवासीले बताएका छन् ।अपहरणको सूचना पाएलगत्तै स्थानीयले खोजी गर्न हिँडेको टोलीले दैलेख र कालिकोट पर्ने बताहालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताए ।

अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.