www.tandavnews.com
Fact ~ In search of truth

सिरहाका जनप्रतिनीधिको प्रतिबद्धताः’शीतलहरमा जनतालाई कठ्याङ्ग्रिन दिदैँनौ’

सिरहा ।

बढ्दो चिसो र शीतलहरमा आफ्ना नागरिकलाई कठ्याङ्ग्रिन नदिने गरी तयारी अवस्थामा रहेको सिरहाका जनप्रतिनीधिले बताएका छन् ।

पछिल्लो केही दिनदेखि शीतलहरका कारण चिसो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा गोलबजारमा आयोजित सडक सुरक्षा र शीतलहरको समस्यासम्बन्धी अन्तक्रियामा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आफ्ना कुनै पनि जनतालाई जाडोमा कठ्याङ्ग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Batas

चिसोबाट जोगाउन आश्यक ठाउँमा आगो ताप्ने व्यवस्थासँगै न्यानो लुगा वितरणलगायतका कार्यका लागि पनि आफूहरु तयार रहेकोसमेत जनप्रतिनिधिहरुले बताएका छन् । लहान नगपालिकाका प्रमुख मुनि साहले आफूहरुले गाउँ टोल तथा सार्वजनिक ठाउँमा दाउरा वितरण गरेको र जाडोको अवस्था हेरेर न्यानो कपडा पनि जोहो गरिराखेको जानकारी दिए ।

गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले जाडोबाट जोगाउन आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुहुँदै जाडोबाट जोगिन न्यानो कपडाहरुको व्यवस्था गरिरहेको बताए । सिरहा नगरपालिकाका प्रमुख डा .नमिताकुमारी यादवले नगरले केही ठाउँहरुमा दाउरा वितरण, कमम्बल वितरण गरेको जनाकारी दिए ।

स्थानीय जनताको आवश्यकता हेरी उहाँहरुलाई नगरपालिका र आफ्नो व्यक्तिगत तवरले पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शीतलहरलाई मध्यनजर गर्दै स्थानीय तहहरुलाई जनतालाई राहत पुर्याउन तयार रहन निर्देशन दिए।

शीतलहरकै कारण कुनै जनताले दुःख झेलेको, कुनै हानी नोक्सानी नहोस् भन्दै त्यसका लागि सतर्क रहन स्थानीय तहका जनप्रतिनिधि, प्रहरी, मातहतका सरोकारबाला निकायलाई प्रमुख जिल्ला अधिकारी अधिकारीले निर्देशन दिए ।

अघिल्लो वर्ष शीतलहरका कारण मृत्युसमेत भएकाले यसवर्ष समयमै पूर्वतयारी गर्नुपर्नेमा उहाँको जोड थियो । विगत एकसातादेखि चलेको शीतलहर र चिसोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ ।

वृद्धवृद्धाहरुलाई सिरक र कम्बल वितरण

विगत केही दिनयताको अत्यधिक चिसो र शीतलहरबाट प्रभावित सिरहाको विष्णुपुर गाउँपालिका र सुखीपुर नगरपालिकाका वृद्धवृद्धालाई सिरक र कम्बल वितरण गरिएको छ ।

सिरहाको विष्णुपुर गाउँपालिकाले विभिन्न वडाका १५ वृद्धवृद्धालाई कम्बल वितरण गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामचन्द्र ठाकुर, विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वृद्धवृद्धालाई कम्बल वितरण गरे ।

यसैगरी इलाका प्रहरी कार्यालय सुखीपुरले चिसोबाट प्रभाबित सुखीपुर नगरपालिका–८ निवासी सुर्जा मण्डल र ८० वर्षीया जगिया मण्डललाई एक थान सिरक र एक थान कम्बल वितरण गरेको हो । मंसिरको अन्तिम साताबाट बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.