www.tandavnews.com
Fact ~ In search of truth

पश्चिम नेपाल र पोखरा विच पर्यटन सहकार्य, कनेक्टिभिटीमा जोड

धनगढी ।

आपसी पर्यटकीय लाभका लागि धनगढी र कञ्चनपुरका व्यवसायी पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार भएका छन् ।

जाउँ है पोखरा अभियान अन्तरगत सञ्चालित आन्तरिक पर्यटन पुन :उत्थान तथा पर्यटन प्रवर्द्धन कार्यक्रमका अवसरमा पोखरा र कञ्चनपुरका व्यवसायीहरु पर्यटनबाट लाभ लिन मिलेर अघि बढ्न तयार भएका हुन् ।

Batas

यसका लागि सबै भन्दा पहिला नेपाल भारत सिमा नाका खोल्नुपर्ने माग व्यवसायीको छ । कोभिड– १९ का कारण लामो समय देखि भारतसँगको सिमा नाका बन्द हुँदा भारतीय पर्यटक चाहेर पनि नेपाल भ्रमण गर्न पाएका छैनन् । पश्चिमका व्यवसायीहरुले यहाँबाट सहज रुपमा भारतीय र नेपाली पर्यटक पोखरा पुर्‍याउने र पोखरेली व्यवसायीले विदेशी तथा स्वदेशी पर्यटक यता पठाउने प्रस्तावमा समेत चर्चा गरिएको थियो ।

यसका लागि व्यवसायीले कनेक्टिभिटीमा जोड दिएका छन् । पोखरासम्म सिधा बस र हवाई सेवा भए पर्यटक आउजाउमा सहज हुने उनीहरुको भनाई छ । यही फागुन ७ गतेदेखि पोखरा नेपालगञ्ज रुटमा सीता एयरले हप्तामा दुई दिन चार्टर्ड उडान थालेको छ । यस्तै उडान धनगढीबाट सुरु गर्न पहल गरिने ब्यवसायीले बताएका छन् । नाका खुले बुद्ध एयरले पनि त्यस्तो उडान थाल्ने आश्वासन सुनाएको छ ।

धनगढीमा आयोजित कार्यक्रममा बोल्दै आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पश्चिम नेपाल र पोखरा विच हवाई सेवा विस्तार र नियमित गर्न निजी क्षेत्रले पहल अगाडि बढाउनु पर्ने बताए । कोभीड– १९ बाट थला परेको पर्यटनलाई जगाउन पश्चिम नेपालमा प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए। झण्डै तीन महिना अघि संघले पूर्वी नेपालका विभिन्न शहरमा पनि यस्तै प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो ।

संघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैह्रेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन व्यवसायी विच सहकार्य जरुरी भएको बताए । व्यवसायी विच सम्बन्ध विस्तार र कनेक्टिभिटीमा जोड दिन आफूहरुले कार्यक्रम लिएर आएको संघका निवर्तमान अध्यक्ष एवम् होटल संघ नेपालका सदश्य भरतराज पराजुलीले जानकारी दिए ।

होटल व्यवसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनु पर्ने भनाई राखे । कैलाली उद्धोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.