www.tandavnews.com
Fact ~ In search of truth

‘प्रहरी हूँ’ भन्दै धम्क्याउने नक्कली प्रहरी सिन्धुपाल्चोकका कुमार पक्राउ

काठमाडौं ।

‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

Batas

उनका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्यर्वहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको छ ।

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.