www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश: किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

जीवन सुवेदी
पोखरा/ ताण्डव न्यूज।

मानो रोपेर मुरी उब्जाउने तयारी गरिरहेका गण्डकी प्रदेशका किसान यतिबेला रसायनिक मलको अभाव झेल्न बाध्य भएका छन् । मलको विक्रि गर्ने जिम्मा पाएका कृषि सहकारीहरुले मल विक्रि गर्न पाएका छैनन् भने कृषकहरु रित्तो हात फर्कन बाध्य छन् ।

दिनहुँ रुपमा कृषकहरु मल खोज्दै आउने गरेको भएपनि रित्तो हात फकाउन बाध्य भएको पोखराको मासबारमा रहेको किसान जागरण बहुमुखी सहकारी संस्थाका अध्यक्ष मोतिराम बराल बताउँछन् । “हामीलाई पनि कृषि सामाग्री कम्पनीले उपलब्ध गराएमात्र विक्रि गर्नेहो” उनले भने “यो वर्ष पोटास मल पाईएन, फागुन देखि यूरिया पाईएकै छैन, ५/७ किलोको हिसावले डिएपी मल दिएर पठाउने गरेका छौँ ।”

Batas

दिनहुँजसो कृषकहरुको गर्ने गुनासो सम्बोधन हुन नसकेको बरालको भनाई छ । तर अहिलेकै अवस्था हेर्नेहो भने कृषकहरुको अपेक्षा पुरा हुने कुनै छाँटकाँट देखिँदैन । धान बाली लगाउने बेला भैसक्यो तर धानको व्याड राख्ने बेलादेखि नै प्रयोग गर्नुपर्ने मलको आपूर्ति हुनै सकेको छैन । गण्डकी प्रदेशमा अहिले यूरिया मलकोे मौज्दात सुन्य छ । प्रदेशलाई जेठ देखि श्रावणसम्म ३ महिनाका लागि मात्र करिब १५ सय मेट्रिक टन यूरिया मल आवस्यक छ । तर कृषि सामाग्री कम्पनी लिमिटेडको गण्डकी प्रदेश कार्यालयमा अहिले एक किलो पनि मल छैन ।

गण्डकी प्रदेशमा वार्षिक कम्तिमा दश हजार मेट्रिक टन यूरिया मल आवस्यक पर्ने भएपनि सरकारले गण्डकीका लागि जम्मा पाँच हजार दुईसय मेट्रिक टन मात्र उपलब्ध गराएको कृषि सामाग्री कम्पनी लिमिटेड, गण्डकीका निमित्त प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए ।

“मागको आधा पनि उपलब्ध भएको छैन, डिएपी मल पनि आठ हजार मेट्रीक टन आवस्यक पर्दछ, त्यो पनि माग बमोजिम आएको छैन उनले भने । गण्डकीमा यूरिया मल सुन्य मौज्दात, डिएपी ९४ मेट्रिक टन र पोटास १ सय ७० मेट्रीक टन मात्र मौज्दात रहेको छ । खेतीपातीको सिजन सुरु भईसक्दा पनि रासायनिक मल पाउन नसक्दा कृषकहरुले छिटैने सरकारले मलको जोहो गरिदेओस भन्ने अपेक्षा गरेका छन् । तर भारतले नेपाललाई उपलव्ध गराउने भनेको रासायनिक मल समयमै उपलब्ध गराईदिने हो भने अभाव केही कम गर्न सकिने कृषि समाग्री कम्पनी लिमिडेड पोखराको भनाई छ ।

उक्त मल आजका दिनसम्म्म पनि उपलव्ध गराउन सकेको छैन । जसका कारण कृषकहरु मात्र होईन सरकारनै अन्यौलमा परेको देखिएको छ । एकातिर सरकारले कृषि उपभोग्य वस्तुहरुको आयात घटाउने र उत्पादन बढाउने भनिरहेको छ भने अर्कातिर मल, विउ जस्ता उत्पादनका लागि अत्यावस्यक वस्तुहरु पाउन नसकेर उत्पादन घट्ने चिन्तामा कृषकहरु छन् । यसको समाधान खोज्न बेलैमा सोच्नुपर्ने देखिन्छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.