www.tandavnews.com
Fact ~ In search of truth

स्याङजाको कोल्मामा माघ २५ गते ‘राष्ट्रिय क्रसकन्ट्री दौड’

पोखरा,
ताण्डव न्यूज ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा स्याङ्जाको कोल्मा बाहकोटमा दोस्रो संस्करणको ‘क्रसकन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ ।

“स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड” भन्ने मुल नाराका साथ आगामी माघको २५ गते क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्ने उद्देश्य सहित राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गरिएको सात सय कोल्मा बाहकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुरुङले बताए ।

उनका अनुसार ३१ किलो मिटर खुल्ला पुरुष र १४ किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्लागण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउँपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ ।

गुरुङले प्रतियोगिताको खुल्ला पुरुषतर्फ प्रमथ हुने धावकलाई नगद ५० हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद ४० हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

त्यस्तै २१ बर्ष मुनिका पुरुष १४ किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई मेडल र प्रमाणपत्र सहित क्रमश नगद २० हजार, १५ हजार र १० हजार, प्रदान गरिने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १० औ स्थान सम्म आउने धावकहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने छ ।

उनले राष्ट्रिय स्तरको धावकहरु समेत प्रतियोगितामा सहभागित हुन पाउने बताउदै आवेदन अनलाईन मार्फत दिन सक्ने बताए ।त्यस्तै मञ्चका महासचिव मन बहादुर थापाले रित्तिएको गाउँमा युवाहरुलाई फर्कानका लागि समेत सो कार्यक्रमको भुमिका रहने बताउदै स्याङ्जा पुतली बजार नगरपालिका ९ को कोल्मा, बहाकोट सहित तनहुँ र विरुवा गाउँपालिकालाई दौड प्रतियोगिता सञ्चालन हुने बताए । उनले उक्त क्षेत्रमा रहेका साँस्कृतिक पक्षहरुलाई उजागर तथा प्रर्वद्धन गर्ने समेत उद्देश्य रहेको जनाए ।

“संस्कृति संरक्षणको लागी एकजुट, पर्यटन प्रर्वद्धनका लागी खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त क्रस कन्ट्री दौड सँगै स्थानीय संस्कृतिको प्रदर्शन, होम स्टे साँझ समेत उक्त कार्यक्रममा समेटिने थापाले बताए ।

पहिलो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनका हवलदार राजन खत्रीले उपाधी चुमेका थिए भने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधि जितेकोे मञ्चका सचिव जीवन थापा मगरले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रममा एनआरएनए बेलायत र विदेशमा रहेका कोल्मा बहाकोट चारथुम बासी, स्थानीय सँघ सँस्था, युवा क्लब, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.