www.tandavnews.com
Fact ~ In search of truth

एन प्याव्सन गण्डकी प्रदेशद्धारा चार वुँदे तनहुँ घोषणा पत्र जारी

पोखरा।

चार वुँदे गण्डकी प्रदेश तनहुँ घोषणा पत्र जारी गर्दै नेशनल प्याव्सन गण्डकी प्रदेशको प्रथम प्रदेश भेला सकिएको छ ।

घोषणा पत्रमा शिक्षा ऐन २०७६ मा यस अगाडी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मात्रै दिदै आएको छात्रावृत्ति सुविधा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत प्रदान गर्ने प्रवाधान समावेश भएको प्रति नेपाल सरकारलाई धन्यवाद व्यक्त गरिएको छ

नेपाल सरकारको राज्यकोषबाट तलव सुविधा लिने राष्ट्र सेवक कर्मचारी तथा शिक्षकहरुका सन्तानहरु सामुदायिक विद्यालयमा मात्र भर्ना गर्नुपर्ने प्रावधानलाई खारेज गर्दै प्रत्येक व्यक्तिको वैयक्तिक स्वतन्त्रताको सम्मान भएको ठहर गर्दै सरकार प्रति आभार प्रकट गरिएको छ ।

त्यसैगरी घोषणा पत्रमा सरकारद्धारा लागु गरिएको सामाजिक सुरक्षा कोष सकरात्मक कदम भएता पनि यसमा रहेका कोषको व्यवस्थापन तथा सञ्चालन सम्वन्धि कार्यविधिमा केहि अस्पष्टता र जटिलता देखिएकोले उक्त कार्यक्रममा सरकारको तर्फबाट समेत योगदान रहने गरी केहि संसोधनको व्यवस्था पश्चात मात्रै यसतर्फ प्रवेश गर्न सकिने उल्लेख गरिएको छ ।

यस्तै कक्षा १ देखि १२ सम्मको शैक्षिक सत्र पनि सरकारबाट एकै समायमा लागु गर्ने व्यवस्था मिलाउनका लागि सरकारलाई ध्यानकर्षण गराउँने घोषणा पत्रमा उल्लेख गरिएको नेशनल प्याव्सन गण्डकी प्रदेशका संयोजक यामबहादुर खड्काले जानकारी दिए । भेलामा नेशनल प्याव्सन गण्डकी प्रदेश अन्गर्तका जिल्लाबाट सहभागिता रहेको थियो । भेलामा नेशनल प्याव्सनका केन्द्रीय नेताहरुले प्रशिक्षण दिएका थिए।

यस अघि भेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले नेपाल सरकारले शिक्षामा लगानी नवढाए सम्म निजि विद्यालय वन्द हुन नसक्ने वताएकी छन् । शिक्षा क्षेत्रमा सरकारले लगानी नवढाए सम्म निजि विद्यालय चलिरहने उनको भनाई थियो ।

‘सरकारले तत्कालै निजि विद्यालय वन्द गराएर निजि विद्यालयमा भएका विद्यार्थीलाई सरकारले लगेर राख्ने ठाउँ नै छैन्’ उनले भनिन्,‘ जव सम्म सरकारले लगानी वढाउँदै तव सम्म तपाईहरुले स्कूल चलाइराख्नु पर्यो।’ सरकारले लागनी वढाएपछि निजि विद्यालय वन्द भए पनि यसमा कसैले पनि चित्त दुखाई गर्न नहुने उनको भनाई थियो ।

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्दछ भनेर संविधानमा नै ग्यारेन्टी गरेकोले सरकारले यसतर्फ पहल गर्दै जाने उनले स्पष्ट पारिन् ।उनले सरकारी विद्यालयमा विद्यार्थी सख्या बढाउनका लागि प्रदेश सरकारले नमुना आवासिय विद्यालयको परिकल्पना गरी काम शुरु गरेको जानकारी दिइन् ।

उनले अवको शिक्षालाई सिप र व्यवहारीतामा जोड्नु पर्नेमा जोड दिईन् । ‘नेपालमा पढेका अधिकाँश विद्यार्थी विदेशीने प्रवृत्ती वढेको छ’ उनले भनिन्,‘विद्यार्थीलाई नेपालमा नै वस्ने वातवराण सृजना गर्नका लागि शिक्षा प्रणालीलाई वजरमा र रोजगारीसँग जोड्न जरुरी छ ।’

नेशनल प्याव्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले संघ प्रदेश र स्थानीय सरकारको कारण शिक्षा क्षेत्र चेपुवामा परेको बताए ।‘संघ प्रदेश र स्थानीय सरकारवीच नै अवको शिक्षा निति कस्तो वनाउने हो त्यो नै वाझिएको छ जसले गर्दा शिक्षा क्षेत्रमा अन्यौलता छाएको छ’ उनले भने, यो परिस्थिीतीले शिक्षा क्षेत्रसँग विद्यालयका विद्यार्थीहरु प्रताडित भएका छन् ।’

३० प्रतिशत लगानी गरेको निजि विद्यालयलाई वाहिर राखेर ऐन वनाएमा कार्यन्वयनमा चुनौती आउने उनको भनाई थियो ।नेशनल प्याव्सनका पूर्व राष्ट्रिय अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार कर्णबहादुर साहीले सरकारले निजि विद्यालयलाई समटेर लान नसक्नु नै दुखद भएको उल्लेख गरे ।

नेशल प्याव्सनका सल्लाहकार पाण्डव हमालले नेपालको उन्नती र समृद्धिको भूमिका निजि विद्यालयले खेलेको बताउँदै यसलाई सरकारले कम आकलन गर्न नहुने स्पष्ट पारे ।नेशनल प्याव्सन गण्डकी प्रदेशका संयोजक यामबहादुर खड्को अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सहसचिव प्रदिपराज अधिकारीले स्वागत र सचिव राजु पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.