www.tandavnews.com
Fact ~ In search of truth

आज राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

काठमाडौं ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदै छ।आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको हो ।

निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ।उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

Batas

राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन गर्न लागिएको हो।बाँकी एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.