www.tandavnews.com
Fact ~ In search of truth

पार्सपोर्ट बिनै नेपाल आएका ५ पर्यटक पक्राउ

काठमाडौं।

अवैध रुपमा नेपाल प्रवेश गर्ने पर्यटक र पर्यटक बनेर नेपाल प्रवेश गरि अवैध काम गर्नेहरु यतिबेला धमाधम पक्राउ पर्न थालेका छन् ।

केही साता अघि मात्रै सय बढी चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेसँगै पर्यटकमाथि निगरानी बढेको पाइएको छ । यसैबीच अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिक पक्राउ परेका छन्

Batas

भारतको बोधगयाबाट काठमाडौं आउन लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।४० यात्रुमध्ये एक तिब्बती र ४ भुटानी राहदानीबिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइृ प्रहरी कार्यालय वीरगञ्जमा राखिएको जनाइएको छ ।

पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.