www.tandavnews.com
Fact ~ In search of truth

पक्राउ परेका चिनियाँ भोलि स्वदेश फर्किदै,४ वर्ष नेपाल प्रवेशमा निषेध

काठमाडौं ।

केही साता अघि पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल प्रवेशमा निषेध गरिएको छ ।

नेपालमा बसेर अवैधानिक काममा संलग्न उनीहरुलाई अध्यागमन विभागले जरिवाना पनि तिराउने भएको छ । उनीहरुलाई विभागले दुई हजार र एक हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको छ।

Batas

अध्यागमनको अनुसार ३४ जनालाई दुई हजार रुपैयाँ र बाँकी रहेका ८८ जनालाई जनही एकहजार रुपैयाँ जरिवानाको निर्णय भएको छ । पक्राउ परेका चिनियाँ नागरिक भोली बुधबार आफ्नो देश फर्किदैछन् । उनीहरुलाई बुधबार साँझ चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लगिदैं छ।

विभागका अनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ७ बजेर १५ मिनेटमा र चाइना साउदर्नमा ८० जना बुधबार साँझ ७ बजेर ४५ भिनेटमा चीन फिर्ता हुदैछन्। केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा पुस ७ गते १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.