www.tandavnews.com
Fact ~ In search of truth

महाशाखाको २४ घण्टे चेतावनीःमेघगर्जनसहित वर्षा र भारी हिमपातको सम्भावना

काठमाडौं ।

आज (बुधबार) देशका अधिकांश भेगमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघ गर्जनसहित वर्षा तथा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा आज मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।आइतबार र सोमबार दुई दिन मौसम खुले पनि पुनः पश्चिमी वायुको प्रभाव सुरु भएको हो। यसअघि पनि झन्डै पाँच दिनसम्म देशभर वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको थियो।

Batas

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ ःदेशका केही स्थानहरूमा वर्षा हिमपातको सम्भावना रहेको र यसकै कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन सबैमा अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
पुस २३ गते बुधबार

दिउँसोः देशभर सामान्यदेखि पूर्णसम्म बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वी भूभागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

राति :देशभर सामान्य बदली रही पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

पुस २४ गते बिहीबार
दिउँसो :देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारीसम्म हिमपात हुने सम्भावना छ।

राति :देशका मध्य तथा पूर्वी भूभागमा सामान्य तथा पश्चिमका भूभागमा आंशिक बदली रही पश्चिमका एक(दुई तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

पुस २५ गते शुक्रबार

दिउँसो :देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति :देशभर मौसम सामान्यतया सफा रहनेछ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.