www.tandavnews.com
Fact ~ In search of truth

हामी नेपाली, हाम्रो आवाज : स्वर खोज्दै ‘नेपाल स्टार’ पोखरामा, भोली अडिसन

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

प्राकृतिक सौन्दर्यताले मात्रै पोखराको परिचय पुर्ण छैन । संगीतको उर्वर भूमि पनि हो, सुन्दर पोखरा । अलि मियाँ, झलकमान गन्धर्व, अरुण थापा लगायतका कालजयी गायक, संगीतकार एवं ब्याण्डहरु पोखरामै हुर्किए ।

यहि पोखरामा देशकै ठूलो गायन प्रतियोगिता ‘नेपाल स्टार’ स्वर खोज्दै आइपुगेको छ । सुर्खेतमा उत्साहपुर्ण अडिसन सकेर नेपाल स्टारको टोली पोखरा आइपुगेको हो ।

Batas

पोखराको मालेपाटनस्थित बाराही उच्च माध्यमिक विद्यालयमा भोली (मंगलबार) बिहान ९ बजेदेखि अडिसन सुरु हुने आयोजकले जनाएका छन् । १६ देखि ४५ वर्षसम्मकाले अडिसन दिन पाउनेछन् । परिचय खुल्ने परिचय पत्रको साथमा अडिसन फर्म भर्न सकिने छ ।

नेपाल स्टार विजेताले नगद ३५ लाख र ३ जना रनर अपले जनही ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिता नेपाल टेलिभिजनबाट प्रशासरण हुनेछ ।

नेपाल स्टारको अडिसन फर्म यहाँबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ : http://bit.ly/2QxWQ74।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.