www.tandavnews.com
Fact ~ In search of truth

माननीयको ‘मुक्का’ले ओझेल परेको मिलनको ‘ढुङ्गा’

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मानाङ्गेले अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई हानेको झापटले पोखरामा मात्र होइन देशमै हल्ला पिटेको छ । मंगलबार भण्डारढीकमा मुख्य मन्त्री कप सुरु हुदैँ गर्दा प्रदेश सांसद गुरुङले एन्फा अध्यक्षमाथी आक्रमण गरे ।

बुधबार बिहान पोखराका पत्रकारसँग घटनाबारे कुरा राख्न एन्फा अध्यक्ष मिलन गुरुङ लेकसाइडको बगैंचा रिसोर्ट आइपुगे । प्रदेश सांसद बिन्दु कुमार थापाले आफ्नो कामको बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन सकिने वित्तिकै मिलन गुरुङले घटनाको फेहरिस्त सुनाए ।

मिलनले आफुलाई माननीयले मुक्का र किक हानेको बताए । ‘उनिहरु त्यहि इन्टेनसनले आएका थिए । भिडियो पनि खिच्दै थिए । आएर झगडा गर्दै मलाई माननीयले मुक्का र किक हान्नु भयो । मैले पनि सक्थें प्रतिवाद गर्न, तर माननीय भएको कारणले गरिनँ । आयोजक पनि भएकाले म केहि बोलिनँ’ उनले सुनाए ।

Batas

बुधबार नै दिउसो ४ बजे जिरो किलोमिटरको न्यू एरा होटलमा सांसद राजिव गुरुङको पत्रकार सम्मेलन डाकियो । सांसद गुरुङले घटनाबारे प्रष्ट्याउँदै भने ‘त्यो ठगलाई नहानेर के फुल माला लगाउने ? तपाई भन्नुस त ल । हानेकै हो ।’

रामकृष्णलाई मिलनले ताकेको त्यो ढुङ्गा…

सांसदको मुक्का खाएको २ दिन अघि अर्थात् आइतबार मिलनले पोखरा क्रिएटिभ अवार्ड आउसका रामकृष्ण पौडेललाई हातपात गरेका थिए । बक्यौता रकमको विषयलाई लिएर भनाभन हुँदा मिलनले हातपात मात्रै गरेनन् ढुङ्गा समेत हान्न खोज्दा एक व्यक्तिले उनलाई सम्हालेको भिडियोमा प्रष्ट देखिन्छ । तर मंगलबारको मुक्काले आइतबारको यो घटना सेलायो । जसमा मिलनको गल्ती प्रष्ट देख्न सकिन्छ ।

‘झगडालु’ मिलन

पोखरा क्रियटिभ हाउस मात्रै होइन एन्फा अध्यक्ष मिलनले अन्य व्यवसायीलाई पनि रकम दिन बाँकी रहेको खुल्दै आएको छ । अभद्र स्वभावका मानिने मिलनले साग गेममा स्वयं सेवकहरुलाई अपशब्द समेत बोलेका थिए ।

यसबाहेक गुरुङले साग गेममै प्रदेश सांसद तथा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र राष्ट्रि खेलकुद परिषदका सदस्य राजेश गुरुङसँग विवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।

यस्तै, पोखरा कप आयोजना गर्दा विभिन्न होटलमा खेलाडी राखेको खर्च गुरुङले अहिलेसम्म बुझाएका छैनन् ।

‘दुबै उस्तै’

अहिले समाजिक संजाल र गफगाफमा यसबारे मिश्रीत धारणाहरु आइरहेका छन् । मंगलबारको घटनामा मिलन पिडित देखिए तर यसअघि मिलनको हर्कतले आजीद भएकाहरुको संख्या पनि उस्तै छ । सुरुमा सांसद गुरुङको व्यवहारप्रति रुष्ट देखिएकाहरु मिलनबारे बुझ्दै जाँदा ‘दुवै उस्तै रहेछन्’ भन्ने प्रतिक्रिया दिन थालेका छन् । एकका तर्फ सांसद जस्तो पदमा रहेका गुरुङले पदिय गरिमा भुलेको भन्ने भनाई छन भने अर्को तर्फ विगतमा अपराधिक गतिविधिमा लागेका के सुध्रिन्थे भन्ने भनाई आएका छन् ।

मिलन-मनाङ्गेकै गल्ती

कसैलाई दुव्र्यवहार वा हातपात गर्नु कानुन विपरित छ । मिलनको आर्थिक व्यवहारले रुष्ट व्यवसायी मुक्काको घटनालाई लिएर समर्थनको भाव प्रकट गरेका छन् । तर कानुनी रुपमा दुवै गलत देखिन्छन् ।

आइतबार अघिसम्म मिलनले विभिन्न व्यवसायीलाई गर्ने गालिगलौज र हातपात विरुद्ध उजुरी परेको थिएन । आइतबार पोखरा क्रियटिभ हाउसका पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिएका थिए ।

विरुद्धमा उजुरी परेका मिलनले नै अन्ततः सांसदले कुटपिट गरेको भन्दै मंगलबार जाहेरी दिए । यसलगत्तै, मिलनलाई चेक बाउन्सको उजुरी दिने तयारी व्यवसायीहरुले गरिरहेका छन् ।

कानुनी रुपमा राजीव गुरुङ उर्फ दिपक मनाङ्गे र एन्फा अध्यक्ष मिलन गुरुङ गलत छन् । दुवै कसुर अनुसार सजायको भागिदार हुनुपर्नेमा दुईमत छैन । त्यही भएर दुवैलाई कानुनी कठघेरामा ल्याउनु पर्ने सार्वसाधरणको भनाई छ ।  यसरी कुटपिट गर्ने अनि उल्टो पत्रकार सम्मेलनमा कानुन के ? प्रहरी को ? भन्दै दम्भ देखाउने सांसद गुरुङलाई कारवाही भएन भने गलत नजिर बस्न सक्ने नेताहरु बताउँछन् ।

एन्फा कास्की अध्यक्ष मिलन गुरुङले गरेको हातपातको भिडियो

बुधबार गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ र एन्फा कास्की अध्यक्ष मिलन गुरुङले गरेको पत्रकार सम्मेलनको भिडियो

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.