www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाले आज सभामुख पाउँदै,अग्निप्रसाद सापकोटा निर्विरोध

काठमाडौं ।

प्रतिनिधिसभाले ४ महिनापछि आज सभामुख पाउँदै छ ।

गत असोजदेखि सभामुखविहीन बनेको प्रतिनिधिसभाका लागि आज सभामुख चयन हुदैँछ । नेकपाका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित हुने भएका छन् । नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

संघीय संसद् सचिवालय स्रोतको अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आज(आइतबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिनेछन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागे लगत्तै प्रतिनिधिसभा गत असोजदेखि सभामुखविहीन छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.