www.tandavnews.com
Fact ~ In search of truth

ललितपुरको कवाडीखानामा आगलागी, दुई घाइते

काठमाडौं ।

ललितपुरमा रहेको एक कवाडीखानामा आगलागी भएको छ ।

ललितपुरको बखुण्डोलस्थित कवाडीखानामा आज(आइतबार) बिहान करिब साढे ११ बजे लागेको अगालागीमा परि दुई घाईते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।अगालागीमा परेर कवाडीखानामा कार्यरत दुई जना सामान्य घाइते भएका हुन् ।उनीहरुलाई उपचारको लागी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कवाडी सामान जलेर नष्ट भएको जनाइएको छ । क्षतिको विवरण आइनसकेको बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.