www.tandavnews.com
Fact ~ In search of truth

‘प्याराग्लाईडिङ वल्र्ड कप’ को तयारी तिब्र

प्रतिक्षा बास्तोला/विद्यार्थी पत्रकार

ताण्डव न्यूज ।

नेपाल हवाई खेलकुद संस्थाले आयोजना गर्ने ‘प्याराग्लाईडिङ वल्र्ड कप एशियन टुर २०२०’ तथा १९ औं नेपाल खुल्ला प्याराग्लाईडिङ प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

Batas

आगामी फागुन ११ देखी १७ गते सम्म पोखरामा सञ्चालन हुने प्याराग्लाईडिङ प्रतियोगितको तयारी बारे आज (आईतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको हो ।प्रतियोगिताका संयोजक योगेश भट्टराईले नेपाल सरकारको भ्रमण वर्ष २०२० को प्रर्वद्धन गर्ने उद्देश्य सहित सो प्रतियोगिताको आयोजना गरिएको बताउदै तयारी तिब्र पारिएको बताए ।

उक्त प्रतियोगितामा अमेरिका, बेलायत, नेपाल, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, बेल्जियम, युक्रेन लगायतका विभिन्न ३० मुलुकका १ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने बताए । उनका अुनसार एफ.ए.आई. को स्पोर्टिङ लाईसेन्स प्राप्त गर्ने खेलाडीे उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन् ।

वल्र्डकप फेडेरेशनले वल्र्ड पाईलट र्याङ्किङको आधारमा सिफारिस पत्र प्राप्त गरेका खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउने भट्टराईले बताए । ‘यो प्रतियोगितामा घुमन्ते पाईलटले भाग लिन पाउदैन’ उनले भने ।

उनका अनुसार उक्त प्रतियोगिता ओभरअल च्याम्पियन, वुमेन्स च्याम्पियन, टिम च्याम्पियन र नेप्लिज च्याम्पियन गरी ४ विद्यामा सञ्चालन गरिने छ । उनले ओभरअल तर्फ बिजेता दशौं स्थान हाँसिल गर्ने १० खेलाडी, वुमेन्स तर्फ प्रथम देखी पाँचौ स्थान सम्म, टिम च्याम्पियनमा प्रथम, द्धित्तिय र तृतीय तथा नेप्लिज च्याम्पियनमा पहिलो देखी पाँचौ स्थान हासिल गर्ने खेलाडीलाई क्रमश मेडल, प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने बताए । उनले प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु प्याराग्लाईडिङ वल्र्डकपको सुपर फाईनलमा भाग लिन सक्ने बताए ।

सो प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.