www.tandavnews.com
Fact ~ In search of truth

नेपाल टेलिभिजनका पहिलो प्रस्तोता दुर्गानाथ शर्माको निधन

काठमाडौं ।

नेपाल टेलिभिजनका पहिलो प्रस्तोता दुर्गानाथ शर्माको निधन भएको छ । स्थापनाकालका चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता शर्माको आज(बुधबार) निधन भएको हो।

मुटुसम्बन्धी समस्याले केही समयदेखि ग्रस्त शर्माको ७२ वर्षको उमेरमा निधन भएको हो।उनको मनमोहन कार्डियोथोरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको नेपाल टेलिभिजनका महाप्रबन्धक महेन्द्र बिष्टले जानकारी दिएका छन्

Batas

२००४ सालमा इलाममा जन्मेका शर्माले गोरखापत्र, रेडियो नेपाल र एनटिभीमा धेरै वर्ष समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र नायब महाप्रबन्धक लगायत नेतृत्व तहको विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका थिए।

नेपाल टेलिभिजनमा शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।२०४२ साल पुष १४ गते नेपाल टेलिभिजन शुरुवात हुँदा पहिलो प्रस्तोता उनी नै भएको बताइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.