www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुर केबलकार कम्पनी लिमिटेडमा रुपान्तरण

तनहुँ ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ । प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड राखिएको छ । कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

Batas

परियोजनामा रणनीति योजनाअनुरुप शेयरधनीको सहभागिता सुनिश्चित गर्ने कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लैजाने निर्णय भएको उनले जानकारी दिए ।

लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजना समेत बनाइएको छ । पहिलो पाँच वर्षलाई अल्पकालिन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालिन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालिन लक्ष्यका रुपमा वर्गीकरण गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.