www.tandavnews.com
Fact ~ In search of truth

एक विद्यालय एक खेल मैदानको योजना : मन्त्री पुन

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा

लता जोशी/ विद्यार्थी पत्रकार

ताण्डव न्यूज / पोखरा ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुदको जग बनाउने योजना सहित एक विद्यालय एक खेल मैदानको योजना अगाडी बढाएको बताएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो धारणा प्रस्तुत गरेकी हुन् ।

मन्त्री पुनले भनिन् ‘खेलकुदको आधारभुमी विद्यालय हुन् त्यसैले विद्यालयमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ ।’ उनले प्रदेशको खेलकुदको विकास र खेलाडीहरुको प्रोत्साहन गर्न खेलकुद पत्रकार मञ्च गण्डकी लगायत अन्य संघसस्थासंग समाजिक विकास मन्त्रालय सहकार्य गरेर अगाडी बढन तयार रहेको बताईन् । मन्त्री पुनले प्रदेशको खेलकुदको विकास र खेलाडीको प्रोत्साहनको लागि मञ्च सहितका अन्य संघ संस्थाहरुसंग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

उनले गण्डकीलाई खेलकुदको राजधानी बनाउने योजना सहित प्रदेश सरकार अगाडी बढेको बताउदैँ त्यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताइन् । उनले गण्डकी प्रदेशमा खेल पर्यटन मार्फत अािर्थक समृद्धिको बाटोमा योजनाबद्ध रुपमा अगाडी बढने बताइन् । खेलकुदका लागि भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउदै खेलकुदमा बजेट कम भएको गुनासो गरिन् । संघले दिएको बजेट असाध्यै कम मन्त्री पुनले भनिन्, कम बजेटलाई धेरै मिलाउनु पर्ने अवस्थाले चाहेजस्तो हुन सकेको छैन् ।

मन्त्रालयको यस बर्षको बजेट २ अर्ब १० करोड रुपैयाँ मात्र रहेको जानकारी दिदै मन्त्री पुनले बजेट प्रदेश सरकारले निर्धारण गरेका कार्यक्रम तथा योजना बाहेक अन्य खर्च गर्न नमिल्ने उल्लेख गरिन् । आफनो मातहत साँढे पाँच वटा मन्त्रालयको जिम्मेवार रहेको बताउदँै मन्त्री पुनले आफुहरुले केही राम्रा योजना ल्याए पनि फाइनल गर्ने काम आर्थिक मार्मिला तथा योजना मन्त्रालयले गर्ने बताइन् ।

उनले प्रदेशलाई खेलकुदको माध्यमबाट देश÷विदेशमा चिनाउने योजना अनुसार सम्भावना भएका खेल र खेलाडीको हकहितको लागि सहकार्य गरी अघि बढ्न तयार रहेको बताइन् । प्रदेश सांसद मीना गुरुङले नयाँ युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकषर्ण गर्ने गरी पत्रकारीता क्षेत्रले कलम चलाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारितामा हाल ठेकेदारी प्रथा हावी भएको बताउदै मञ्चले यसको संस्थागत रुपमा विरोध गर्न आग्रह गरे । उनले खेलकुद पत्रकार मञ्चले खेलकुद क्षेत्रकै विकासका लागि विभिन्न कार्यक्रम समेत गदै आएकाले प्रदेश सरकारले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले खेलकुद क्षेत्रमा काम भन्दा खुरापाती धेरै हुने भएकाले खेलकुद पत्रकारीता भित्र त्यस्तो अवस्था आउन नदिन सजग हुनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको खेल पत्रकारहरुको दक्षता र क्षमता बढाउनु पर्नेमा जोड दिए ।

मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले गण्डकी प्रदेश सरकारको सहयात्रीको रुपमा काम गर्न तयार रहेको बताउदै पाँचौ स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गर्ने तयारी गरिएको बताए । उनले प्रदेशमा संगठन विस्तारको अभियान सञ्चाल गरिने बतउादै आगामी वर्ष गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा स्थापना गरिने बताए ।

मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा एन्फा उपाध्यक्ष कृष्ण थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश पौडेल, प्रेस यूनियन कास्कीका अध्यक्ष नविन सिग्देल, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपाल लगायतले खेलकुद पत्रकारीतामा मञ्चले उत्कृष्ट काम गरेको बताए । साधारण सभाले महासचिव विजय नेपाल र कोषाध्यक्ष शशी पौडेलको बार्षिक प्रतिवेदन पारित गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.