www.tandavnews.com
Fact ~ In search of truth

झापामा जुवा खेल्दै गरेका प्रधानाध्यापकसहित आठ पक्राउ

झापा ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुंगाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Batas

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले ९१ हजार ३८० र सात मोबाइल बरामद गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.