www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेसद्वारा भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न निर्देशन

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ ।

काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरुको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए।

Batas

बैठकमा पछिल्लो समयमा सार्वजनिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अडियो प्रकरण जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत र व्यक्तिगत अनियमितता तथा भ्रष्टाचारका घटना हुन सक्ने जनाउँदै बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकले चनाखो भएर अध्ययन गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए ।

बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरुलाई मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.