www.tandavnews.com
Fact ~ In search of truth

तालवेसीमा ‘दशौं फागु महोत्सव’

प्रतिक्षा बास्तोला/ विद्यार्थी पत्रकार,

ताण्डव न्यूज /पोखरा ।

सप्तरंगी क्लवको आयोजनामा ‘दशौं संस्करणको रुपा–तालवेसी फागु महोत्सव’ हुने भएको छ ।

लेखनाथ स्थित तालवेसीमा ‘रुपा– तालवेसी फागु महोत्सव जाऔं, संस्कृति, पर्यटन, जैविक विविधता र रुपातालको संरक्षण गरौं’ भन्ने नाराका साथ महोत्सव आयोजना हुने क्लवका अध्यक्ष तथा संयोजक कुवेरजंग गुरुङले जानकारी दिए । उनले सो महोत्सव आगामी फागुन २४ गते देखि २६ गते सञ्चालन हुने बताए ।

उक्त मेलाको मुख्य आकर्षणहरुमा भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, झाँकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा लोकदोहोरी, चुड्का, हास्यब्यङ्य, सांझमा पप कन्सर्ट तथा कृषि, रुपतालका माछा प्रदर्शनी रहने गुरुङले बताए ।

उनका अनुसार भलिबल तफको बिजेताले ५० हजार र उपबिजेताले ३० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछ । सेमिफाइनलपुग्ने टिमले ५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर तथा म्यान अफ द म्याचको पुरस्कारको व्यवस्था समेत रहेको गुरुङले बताए । त्यस्तै अन्य प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजनकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.