www.tandavnews.com
Fact ~ In search of truth

हस्पिटालीटि कन्टेस्टका प्रतियोगिलाई ‘कफी घर’मा बारिष्टा ट्रेनिङ

पोखरा
ताण्डव न्यूज ।

हस्पिटालीटि नेपाल कन्टेस्टका प्रतियोगिहरु यतिबेला विभिन्न ट्रेनिङ सेसनहरुमा व्यस्त छन् । हस्पिटालीटि थिममा संचालित नेपालकै पहिलो कन्टेस्टले प्रतियोगिहरुलाई थप दक्ष बनाउन लागिपरेको छ ।

Batas

यसै मेसोमा प्रतियोगिहरुले बारिष्टा ट्रेनिङ लिएका छन् । पोखरा न्यूरोडमा रहेको कफी घरले प्रतियोगिहरुलाई ट्रेनिङ दिएको हो । ‘ट्रेनिङमा सहभागीहरुले विभिन्न स्किल सिके । उत्साहजनक सहभागिता रह्यो । आशा छ यसबाट प्रतियोगिहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ’ कफी घरका संचालक सोभित ठकुरीले भने ।

चौथो संस्करणको यस कन्टेस्टमा १५ प्रतियोगि छन् । कन्टेस्टमा प्रथम हुनेले थाइल्याण्डको भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले विभिन्न क्षेत्रको प्रोमोसनल भिडियोमा काम गर्ने अवसरका साथै नगद पुरस्कार प्राप्त गर्ने आयोजक एपी इन्टरटेनमेन्टका अर्जुन पाण्डेले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.