www.tandavnews.com
Fact ~ In search of truth

नेकपाभित्रका दुई गुट : दुवैका आ–आफ्नै निर्णय र अडान

ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने दाहाल–नेपाल पक्षको निर्णय

काठमाडौँ,
ताण्डव न्यूज ।

फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पाटी (नेकपा) भित्र ओली र दाहाल–नेपाल समूहका छुट्टाछ्ट्टै निर्णयहरु आउने क्रम जारी छ ।
केहिबेर अघि मात्र महाधिवेशनको मिति तोकेको ओली पक्षको निर्णय बाहिरिन नपाउँदै दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।

Batas

स्थायी कमिटी बैठक लगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय जारी स्थायी कमिटी बैठकबाट गर्ने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम रहेको ४४७ सदस्यीय केन्द्रीय कमिटीमा अहिलेलाई ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् । रिक्त रहेका १९६ जना पछि थपिने उनले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.