www.tandavnews.com
Fact ~ In search of truth

नेपाल रेडक्रसमा अनियमितता,छानबिनको माग

काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ ।

महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार, नातावाद, राजनीतिकरण मौलाउँदै गएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका हुन् । सोसाइटीमा देखिएको अनियमितताबारे छानबिन गरेर दोषीउपर कारवाही गर्नुपर्ने भन्दै दीपेन्द्र ढकाल, वसन्त श्रेष्ठ, दिनेश आचार्य, शम्भु निरौला र दीपक घिमिरेले समितिसमक्ष उजुरी दिएका छन् ।

Batas

उनीहरुले सोसाइटीको नेतृत्व तहले संस्थामा राजनीतिकरण, संस्थाको जग्गा हिनामिना र भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै समितिमा उजुरी गरेका हुन्। सांसद लक्ष्मी परियार, विमला परियार र थममाया थापालगायतले सोसाइटीमा देखिएको अनियमिताका बारेमा प्रक्रियागत ढङ्गबाट छानबिन गर्नुपर्ने बताए ।

समितिका सभापति निरुदेवी पालले आवश्यक छलफल र अनुसन्धानका आधारमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.