www.tandavnews.com
Fact ~ In search of truth

नेपाल भारत सीमा नाकामा थप कडाइ

काठमाडौं ।

कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो । भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । प्रहरीले नाकाबाट लुकिछिपि नेपाल प्रवेश गर्ने ४६ जना भारतीयलाई पक्राउ गरी क्वारेन्टाइनमा राखेको जनाएको छ ।

Batas

लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ । कोरोना भाइरस संक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा १६२ आइसोलेसन श्यया र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.