www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा करिब दुई अर्ब जम्मा

काठमाडौँ ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म रु एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ कोषमा जम्मा भएको छ ।

उहाँका अनुसार मङ्गलबार मात्र रु एक करोड ८० लाख ५३ हजार ४२७ कोषमा जम्मा भएको छ । नेपाल लाइफ इन्स्योरेन्सले रु एक करोड, लाइफ इन्स्योरेन्सले रु ५१ लाख, राष्ट्रिय परीक्षा बोर्डले रु ६ लाख ३५ हजार ४४०, बुडिनन्द नगरपालिकाले रु दुई लाख ७० हजार ५६५, राजपुर नगरपालिका दाङले रु दुई लाख ६२ हजार ९९४, नेपाल लेखापढी कानून व्यवसायीले रु दुई लाख, जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक लाख ५७ हजार ३८, जनक नन्दिनी गाउँपालिका धनुषाबाट रु एक लाख ४६ हजार ३१६ र जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट रु एक लाख १९ हजार ४९८ सहयोग प्राप्त भएको छ ।

Batas

यसैगरी कोषमा नाम नामेसी नखुलेका तथा रु एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति/संस्थाबाट रु ११ लाख ६९ हजार ५७५ सङ्कलन भएको छ । कोषमा गत सोमबारसम्म रु एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० सङ्कलन भएको थियो । सरकारले कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुने क्रम बढेको हो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.