www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ११ का एक हजार २ सय ५० परिवारले पाए राहात

पोखरा
ताण्डव न्यूज ।

कोरोना कहरका कारण कष्टकर जिवनयापन गरिरहेका पोखरा महानगरपालिका ११ का विपन्न परिवारलाई राहात वितरण गरिएको छ ।

दैनिक ज्याला मजदुरी गर्दै आएका केही विपन्न परिवारालाई गत २५ र २६ गते राहात वितरण गरेको वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले बताए ।

Batas

अध्यक्ष बास्तोलाले ४० टोलका स्थानिय विकास समितिसँगको समन्वयमा १ हजार २ सय ५० विपन्न परिवारलाई राहात वितरण गरेको जानकारी दिए । उनका अुनसार पोखरा महानगरपालिकाले ७ सय १० फुल प्याकेजका लागि नाम स्वीकृत गरेको थियो । भने बाँकी ५ सय ५० घर परिवारलाई स्थानिय संघसंस्थाले राहात सहयोग गरेको थियो ।

उनले महानगरको माण्डण्ड अनुरुप नै राहात वितरण गरेको बताए । त्यस्तै वडा सदस्य तिर्थ कुमारी गुरुङले राहात स्वरुप चामल, दाल, नुन, तेल तथा साबुल लगायतका खाद्य सामाग्री प्रदान गरिएको बताईन् ।

गुरुङले केही परिवार छुटेको खण्डमा पायक पर्ने टोल विकास संस्थामा आएर नाम टिपाउन सक्ने बताईन् ।

– सरिता जिसी (विद्यार्थी पत्रकार)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.